सिन्धुली, हरिहरपुरगढी । नेपाली कांग्रेस तथा नेपाल तरुण दल हरिहरपुरगढी कार्यसमितिको संयुक्त कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मन कुमार माझीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा ईश्वर बस्नेत सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा चेख बहादुर थिङ र विश्व राई रहनुभएको थियो।

कार्यक्रममा नेपाल तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनाली, जिल्ला सदस्य प्रकाश पाख्रिन, कपेन्द्र घलान, नेविसंघ सिन्धुली अध्यक्ष भरत विक तथा तरुण नेता डिबी बोम्जनलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले संगठन सुदृढीकरण, युवाको भूमिकालाई अझ प्रभावकारी बनाउने तथा पार्टीलाई स्थानीय तहसम्म मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।





Comments