Skip to content

सिन्धुलीमा स्कुटर दुर्घटना, १५ वर्षीय किशोर गम्भीर घाइते

सिन्धुलीमा स्कुटर दुर्घटना, १५ वर्षीय किशोर गम्भीर घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित फिटिङपुल नजिक आज दिउँसो एक स्कुटर दुर्घटना हुँदा १५ वर्षीय किशोर गम्भीर घाइते भएका छन्।

जिल्ला ललितपुर महानगरपालिका–२९ घर भई हाल सिन्धुलीको कमलामाई–६ रातमाटामा डेरा गरी बस्दै आएका चन्द्रमान जोन्छेका छोरा रितेश जोन्छेले चलाएको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट झन्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रितेशलाई तत्काल जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि लगिएको थियो। अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत साँझ ५:४७ बजे काठमाडौंतर्फ रेफर गरिएको थियो। तर, राति करिब ८:४५ बजे सुनकोशी गाउँपालिका–६ खाल्टेबाट फिर्ता ल्याई पुनः जिल्ला अस्पताल सिन्धुलीमै भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts