Skip to content

हरिहरपुरगढी वडा नम्बर २ पूर्ण खोप घोषणा

हरिहरपुरगढी वडा नम्बर २  पूर्ण खोप घोषणा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ रतनपुर स्थित पिपलमाडी स्वास्थ्य चौकीमा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ। हिजो शुक्रबार पिपलमाडी स्वास्थ्य चौकीको आयोजनामा एक कार्यक्रम गरि वडामा पूर्ण खोप घोषणा गरिएको हो।
जन्मेदेखि १६देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।


हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराको प्रमुख आतिथ्यता,वडा अध्यक्ष विश्व राईको अध्यक्षता भएको कार्यक्रममा पिपलमाडी स्वास्थ्य चौकीका प्रमुख सिता बिश्वकर्माले प्रतिवेदन पेश गर्नु भएको थियो वहाले २४६ बालबालिकाले पूर्णखोप लगाइएको जानकारी दिनुभयो।
त्यस्तै हरिहरपुरगढी गाउँपालिका स्वास्थ्य उपशाखा प्रमुख मनोज सुयालले पूर्ण खोप बालबालिकाको अधिकार भएको बताउनुभयो र स्वास्थ्य चौकीको सेवा भनेको पछि सम्मको लागि दिगोपनको लागि भएको बताउनुभयो।


प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराले महिला स्वास्थ्य स्वयमसेविकाले धेरै महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद ब्यक्त्त गर्नुभयो। भौतिक हिसाबले पिपलमाडी स्वास्थ्य चौकी दयनिय रहेको बताउनुभयो यसलाई सुधार गर्न जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई आग्रह गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्दता दिनुभयो।


वडा अध्यक्ष विश्व राईले बालबालिकाले अति आवश्यक पूर्ण खोप समयमै सम्पन्न गरेकोमा स्वास्थ्यकर्मी र महिला स्वयम सेविकालाई धन्यवाद ब्यक्त्त गर्नुभयो। ब्यबस्थित स्वास्थ्य भवनको लागि आफुले पहल गरिरहेको बताउनुभयो।
घोषणा कार्यक्रममा युवातथा खेलकुद बिकास समितिका संयोजक हिमाल राई,वडा सदस्यहरु ,बिधालयका शिक्षक,महिला स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts