Skip to content

सेतोढोकाबाट जुवातास खेल्दै गरेका ९ जना पक्राउ

सेतोढोकाबाट जुवातास खेल्दै गरेका ९ जना पक्राउ
प्रकाशित:
शब्दको आकार

काठमाडौं महानगरपालिका–१, सेतोढोकामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। शनिबार राति दरबारमार्गस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४५ वर्षीय चेन्जे शेर्पासहित अन्य ८ जना रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ७१ हजार २ सय ६५ रुपैयाँ, ८ बुक तास र ११ थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts