Skip to content

झनझनेमा एमाले पार्टी कार्यालय भवन बन्ने राई र लामा द्वारा जग्गा दान

झनझनेमा एमाले पार्टी कार्यालय भवन बन्ने राई र लामा द्वारा जग्गा दान
प्रकाशित:
शब्दको आकार

नेपाल कम्युनिस्ट पार्टी एमाले हरिहरपुरगढीको कार्यलय भबन निर्माणका लागि बागमती प्रदेश कमिटी सदस्य हिरा लामा र सिन्धुली-काठमाण्डौ सम्पर्क मन्चका सदस्य इन्द्र बहादुर राईले सिन्धुली जिल्ला हरिहरपुरगढी- २ झनझने स्थित सिट नं १/घ को कित्ता नं २८६ बाट ५/५ धुर गरि संयुक्त १० धुर जग्गा कार्यालयको निर्माणार्थ दान गर्नुभएको हो। नेकपा एमाले हरिहरपुरगढीको आज बसेको पालिका कमिटीको चौथो पुर्ण बैठकको अबसर पारेर दानबिरद्वयले घोषणा गर्नुभएको हो। उक्त बैठकमा प्रमुख अतिथिको रूपमा संबिधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य बिषमलाल अधिकारी दनुवार,नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमल जंग राई जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेब श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

बैठकले छ महिना भित्र निर्माण कार्य सक्ने गरि पालिका कमिटी अध्यक्ष मानबहादुर वाईबाको संयोजकत्वमा तेह्र सदस्यीय समिति गठन गरि केन्द्रिय सदस्य कमल जंग राईको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठ्न गरिएको हरिहरपुरगढी पालिका कमिटी सचिब सत्यमान मोक्तानले जानकारी गराए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts