मेरो पत्र Logo

अखिल (क्रान्तिकारी) गोलन्जोर अध्यक्षमा हेमराज बराल

Mero Patra
मेरो पत्र
ad
अखिल (क्रान्तिकारी) गोलन्जोर अध्यक्षमा हेमराज बराल
adad

 अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका कमिटीको अध्यक्षमा हेमराज बराल निर्वाचित भएका छन् ।सिन्धुलीको गोलन्जोर गाउँपालिका -३ ग्वाल्टारमा  शनिवार सम्पन्न दोस्रो गाउँपालिका सम्मेलनबाट बरालको अध्यक्षतामा २६ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।कमिटीको उपाध्यक्ष विजय सुनुवार, सचिव रुपा भुजेल, सहसचिव रोहन मगर र कोषाध्यक्ष अनिता बसेल सहित २६ सदस्यीय कमिटी निर्वाचित भएका ।

दोस्रो पालिका सम्मेलन नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेलले उद्घाटन गरेकी थिइन् ।

उद्घाटनमा  बागमती प्रदेश सचिवालय सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार), अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय भानुभक्त श्रेष्ठ, माओवादी बागमती प्रदेश  सदस्य केपी पोख्रेल, नेकपा माओवादी केन्द्र गोलन्जोर सह-इन्चार्ज सोम प्रसाद बराल, अध्यक्ष रोशन श्रेष्ठ र अम्बर दीप थापा  लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्: