Skip to content

डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रकाशित:
शब्दको आकार

नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो।

मूल्य वृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ।पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts