Skip to content

सिन्धुलीमा अबैध काठ सहित ४ जना पक्राउ

सिन्धुलीमा अबैध काठ सहित ४ जना पक्राउ
प्रकाशित:
शब्दको आकार

सिन्धुली ,भदौ २५ :सिन्धुलीमा अबैध सालको चिरान काठ बोकेको एउटा ट्याक्टर सहित चारजनालाई मंगलवार दिउसो पक्राउ गरेको छ ।
जिल्लाको दुधौली नगरपालिका –२, कमलापुल स्थित मदनभण्डारी राजमार्गमा भोर्लेनी जंगलबाट काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा ना.६.त ६९९२ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी हत्पेतबाट खटिएको प्रहरी गस्ती टोलीले रोकी चेकजाच गर्दा ट्याक्टरमा कागजपत्र नभएको अवस्थामा अंन्दाजी ७५ क्युफिट सालको चिरान काठ फेला परेको छ। ट्याक्टर, काठ र चालक सहित चार जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्याक्टर चालक दुधौली नगरपलिका २ का ५२ को जनक बहादुर श्रेष्ठ, २० बर्षका गणेश श्रेष्ठ, ३४ बर्षका लोक बहादुर मिजार, ४० वर्षका खड्क बहादुर मिजार र १८ बर्षका सागर मिजार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले बताए। बरामद गरिएको काठ, ट्याक्टर सहित पक्राउ परेका चार जनालाई आवश्यक कार्बाहीको लागि सव डिवीजन बन कार्यालय, हर्षाहीलाई बुझाईएको प्रहरीले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts