मेरो पत्र Logo

मोरङ्गे पहिरो पन्छाई बाटो सुचारु ,घाइते पहरीलाई अध्यक्ष वाईबाको आर्थिक सहयोग

Mero Patra
मेरो पत्र
ad
मोरङ्गे पहिरो पन्छाई बाटो सुचारु ,घाइते पहरीलाई अध्यक्ष वाईबाको आर्थिक सहयोग
adad

झनझने,कार्तिक ३ :सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर -६ स्थित मोरंगे भिरमा खसेको पहिरो हटाइएको छ। बिहिबार कार्तिक १ गते गएको पहिरो पालिका अध्यक्ष बज्रध्वज वाईवा स्वयम् आफ्नै उपस्थितिमा सर्लाही कर्मैया जोड्ने सडक स्थित मोरङ्गे भिरको अवलोकन गरि पहिरो हटाई सडक सुचारु गर्ने काम गरिएको हो ।
बाटो अबरोध हटेपछि मोटरसाईकल ,सुमो लगायतका सवारी साधनका आवागमन सुचारु भएको छ। कार्तिक १ गते सोहि भिरबाट खसेको सुख्खा पहिरोमा परि घाइते भएकी वागमती मोडेल अस्पतालमा उपचाररत वडा नं. २ पर्तानी निवासी सुमित्रा पहरीको अवस्था बुझी शिघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि बर्दिबास लानको लागि अध्यक्ष वाईबाले आर्थिक सहयोग समेत गर्नु भएको छ भने उपचारमा कुनै दुविधा र हेल्चेक्राईँ नगर्न आफन्तलाई आग्रह गर्नुभएको छ। घाइते पहरीको दाहिले खुट्टा भाँचिएको छ भने ढाडमा चोट र देब्रे हातमा भाँचिएको छ ।

सेयर गर्नुहोस्: