मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–४ लम्कनामा निर्माण सम्पन्न ‘लम्कना लिफ्ट सिंचाइ आयोजना’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडा नं. ४ का अध्यक्ष दन्तलाल माझी लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बागमती गाउँपालिकाभित्र हालसम्म ६ वटा लिफ्ट सिंचाइ आयोजना सञ्चालनमा छन्। तीमध्ये वडा नं. २ को राईगाउँमा २ वटा, वडा नं. ५ को लिलावन र ज्यामिरेमा १/१ वटा, वडा नं. ८ को सात्तलेमा १ वटा तथा वडा नं. ४ मा ३ मध्ये २ वटा लिफ्ट अहिले सञ्चालनमा छन्।
स्थानीय किसानले आयोजनाबाट कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।





