back to top

जनप्रभात बिद्यालयमा कोपिला परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

Advertisementspot_img
spot_img

सिड्स नेपाल सिन्धुलीले कोपिला परियोजनाको बारेमा जानकारी दिन हरिहरपुरगढी गाउँपालिका -२ चैनपुरको को जनप्रभात आधारभूत बिद्यालयमा परिचयात्मक कार्यक्रम गरेको छ। चाइल्डएड नेटवर्कको आर्थिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा कोपिला परियोजना बारे जानकारी दिन कार्यक्रम गरेको हो।

DSC06259


कार्यक्रममा परियोजनाका संयोजक सन्तोष थापाले हरिहरपुरगढी गाउँपालिकाको १० वटा बिद्यालयमा परियोजना संचालन हुने र इसिडी कक्षाको सुधारको लागि सामाग्री उपलब्ध गराउने तथा इसिडी शिक्षिकालाई तालिम उपलब्ध गराई अझै कक्षालाई परिस्कृत गराउने बताउनुभयो। १० वटा बिद्यालयमा २३३ जना इसिडी बिद्यार्थी रहेको र उनीहरुको अभिभावक मध्ये ४५ जनालाई कृषि सम्बन्धि तालिम तथा कृषि सामाग्री उपलब्ध गराउने बताउनुभयो।
सिड्स नेपाल सिन्धुली २०५१ सालमा सिन्धुली जिल्लामा स्थापित भइ समाजका पिछडिएका वर्ग, महिला एकल महिला, दलित, विपन्न वर्ग तथा राज्यका मुल धारमा आउन नसकेका समुदायलाई शिक्षा, स्वास्थ्य, गरिवि निवारण, पोषण प्रवर्धन, शुसाशन तथा सचेतिकरणको माध्यमबाट मुल धारमा ल्याई समग्र देश विकासमा सघाउ पुऱ्याउने गैह्र नाफामुलक गैह्र सरकारी संस्थाको रुपमा काम गर्दै आइरहेको छ।
पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना, मिल्की बे परियोजना, दक्षयुवा परियोजना, नेपाल एकिकृत ग्रामिण विकास परियोजना, कोपीला परियोजना, महिलाको नेतृत्व खाध्य सुरक्षा पोषण र आम्दानी वृद्धि परियोजनाहरु गर्दै आइरहेको छ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक छत्र बहादुर राई,कोपिला परियोजना हरिहरपुरगढी बिद्यालय अधिकृत मन कुमारी कडेल कबिता तिरुवा ,शिक्षकहरु बिद्यालय ब्यबबस्थापन समितिका पदाधिकारीहरु ,अभिभावक लगायतको सहभागी रहेको थियो।

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
Advertisementspot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img