Skip to content

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाग्रस्त ५ जनाको मृत्यु

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाग्रस्त ५ जनाको मृत्यु
प्रकाशित:
शब्दको आकार

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिला र ४ पुरुषको शव निकालिएको छ ।
मृत्यु हुनेमा चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीसहित क्याप्टेन अरुण मल्ल रहेका छन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टरमा ४ जना विदेशी र एक जना क्याप्टेन गरी ५ जना सवार रहेका थिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts