Skip to content

भक्तपुरमा कक्षा १२ को प्रश्नपत्र बाहिरीएको बारे अनुसन्धान सुरु

भक्तपुरमा कक्षा १२ को प्रश्नपत्र बाहिरीएको बारे अनुसन्धान सुरु
प्रकाशित:
शब्दको आकार

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि अनुसन्धान थालेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकी लगायतको टोली चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर सोधपुछ गर्न लागेको हो। घटनाको तथ्य भने अनुसन्धानपछि मात्रै थाहा हुने बताइएको छ ।

जिल्लाकै मध्यपुर थिमि चाणक्य कलेजको सेन्टरमा जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र थियो । आइतबार बिहानदेखि देशैभर कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts