हेटौंडा मकवानपुर:मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल म्युजिक अडियो रिलिज भएको छ । शुक्रबार दिउँसो १२ बजे गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट उक्त गीत रिलिज गरिएको हो ।
साम्तेन मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ र बिरु घलानको स्वर रहेको छ । गीतको अरेन्ज सानुबाबु घिसिङले गर्नुभएको छ भने रेकर्डडिष्टमा प्रख्यात थिङ हुनुहुन्छ । गीत फ्याफुल्ला स्टुडियोमा रेकर्ड गरिएको हो । गायक लामाले प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै धन्यवाद दिनुभएको छ ।
तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहनुभएका गायक घलान हेटौंडा–१४ स्थित बनेलधाप निवासी हुन् भने गायिका घिसिङ मकवानपुरको बागमती गाउँपालिकाका हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो हिट गीतहरु गाइसकेका छन् । गायक घलानको यो तेस्रो गीत हो । सानैदेखि संगीतमा रुची राख्ने घलानले केही समय अघि मात्र फ्याफुल्ला नेपाल युट्युबमार्फत तामाङ सेलो ‘देउराली भञ्ज्याङ’ म्युजिक भिडियो ल्याउनुभएको थियो । अभिनेतासमेत रहेका घलानले तामाङ सेलोलाई थप उचाईमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैको माया पाउने अपेक्षा पनि गर्नुभएको छ ।