Skip to content

हरिहरपुरगढीका नब गायक सुमन रुम्बाको ”छामे दाम्बारीको” गीत सार्बजनिक

हरिहरपुरगढीका नब गायक सुमन रुम्बाको ”छामे दाम्बारीको” गीत सार्बजनिक
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,बैशाख २५:सिन्धुली हरिहरपुरगढी - १ शिखरका नब सेलो गायक सुमन रुम्बाको पहिलो गीत ''छामे दाम्बारीको'' अडियो सार्बजनिक भएको छ।
बिक्रम योञ्जनको शब्द प्रताप सिंह जिम्बाको संगीत रहेको गीतमा अहिलेकि चर्चित सेलो गायिका सुमिना लो ले सुमनलाई साथ दिएकी छिन।
सानै देखि गीत संगीतमा रुचि राख्ने सुमनले तामाङ्ग कला ,सस्कृति ,भाषालाई अझै माथि उठाउनको लागि भाषिक गीत बजारमा ल्याएको बताएका छन् उनले आफ्नो यो पहिलो गीत भएको र श्रोताहरुलाई गीत सुनेर प्रतिक्रिया तथा सल्लाह सुझाब दिन मेरोपत्र मार्फत आग्रह गरेका छन/

पछिल्लो समय युवाहरुले रुचाईएको तामांग सेलो गीतहरुमा प्राय जसो बिक्रम योन्जनको शब्दहरु हुने गर्छ यस अघि निक्कै हिट गीतहरु बजारमा ल्याईसकेका उनको यम्बुला लभडाडा, मैच्याङ्दा चुई चुइ ङोदोजी,सिन्धुली सोकन स्योङ,टीका बिन्दुली,टक टक ले र्ह्राप्पा, ङाला बिग फ्यान जस्ता गीतहरु बजारमा अत्यन्तै रुचाईएका गीतहरु हुन् भने यो गीत ''छामे दाम्बारी पनि श्रोताहरुले मन पराउने आशा बिक्रमले मेरो पत्रलाई बताएका छन्
सानुबाबु घिसिङ्गको एरेन्ज तथा अर्पण स्टुडियोमा गीत रेकर्डिङ्ग भएको हो भने गीत बिक्रम योञ्जनको अफिसियल वेबसाईट बाट सार्बजनिक भएको हो।

https://www.youtube.com/watch?v=go4cykcPOgA
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts