Skip to content

कर्मचारी निकालेको भन्दै हेटौंडा मत्स्य प्रवर्धन केन्द्रमा धर्ना

कर्मचारी निकालेको भन्दै हेटौंडा मत्स्य प्रवर्धन केन्द्रमा धर्ना
प्रकाशित:
शब्दको आकार

हेटौंडा चैत्र १३। हेटौंडा उपमहानगरपालिका-५ स्थित मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रमा एक कर्मचारीलाई निकालिएको विरोधमा धर्ना प्रदर्शन भएको छ। केन्द्रका कर्मचारी मनिषा पुरी बुढाथोकीलाई बिना सूचना निष्कासन गरिएको विरुद्धमा उनको पुनर्बहालीको माग गर्दै धर्ना दिएकी हुन् ।

विगत आठ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत बुढाथोकीलाई यही चैत ४ गते गेट रोक्का गरी रोजगारबाट निकालिएको थियो। उनलाई फागुन २ गते पनि बिना जानकारी विना कसुर गेट रोक्ने गरिएको थियो तर छलफलपछि पुनः रोजगारमा निरन्तरता पाएकी थिइन्।

बुढाथोकीका अनुसार, कार्यालय प्रमुखले दरबन्दी भन्दा बढी रूपमा कर्मचारी भर्ती गर्ने र धेरै भएको भन्दै तलब आधा गर्ने वा आफ्नै रुचीअनुसार रोजगारबाट हटाउने गरेका छन् ।

केन्द्र प्रमुख सरोज यादवले भने मनिषा पुरीले कार्यालयमा अमर्यादित हरकत गरेको र सम्झौता गर्न बोलाउँदा नआएको बताउछन् । उनले पुरीको माघमा नै सम्झौता सकिएको दाबी गरे तापनि पुरीले फागुनको तलब पाइसकेको बैंक स्टेटमेण्ट देखाएकी छन्।

यस विवादमा दुवै पक्षले आ-आफ्नो पक्षमा तर्क प्रस्तुत गरेका छन्। कर्मचारी र संस्थान दुवैतिरबाट कानूनी र मर्यादित व्यवहार हुन नसकेको देखिन्छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts