सिन्धुली ,हरिहरपुरगढि चैत्र १४ :भोलि देखि एसईई परीक्षामा हुदैछ । सिन्धुली जिल्लावाट ५ हजार ३ सय १३ परिक्षार्थी सहभागी हुने भएका छ्न
जिल्ला भरीबाट १ सय २३ सामुदायीक विद्यालयवाट छात्रा २ हजार ५ सय ८०,छात्र २ हजार १ सय ७६ सहित ४ हजार ७ सय ५६ जना विद्यार्थी सहभागी हुने र २२ निजि विद्यालयवाट २ सय ३४ छात्र ३ सय २४ जना छात्रा सहित ५ सय ५८ परिक्षार्थी एसईई परिक्षामा सामेल हुने सिन्धुली शिक्षा समन्वय इकाइले जनाएको छ । गत वर्ष सिन्धुली जिल्लावाट ५ हजार २ सय ४८ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
जिल्लाका ९ स्थानिय तहलाई समेटेर २५ परिक्षा परिक्षा केन्द्र र्निधारण गरिएको छ जस अन्तर्गत हरिहरपुरगढी गाँउपालीकामा २ परिक्षा केन्द्र तोकिएको छ पालिकाको जनता मावि वखफर १७१ र मावि महेन्द्र झ्याडीमा १४२ परिक्षार्थीले एसईई दिने छन् । मरिण गाँउपालीकामा कपिलाकोट मावि परिक्षा केन्द्र २०७ परिक्षार्थी खयरशाल मावि परिक्षा केन्द्रमा २२३ परिक्षार्थी रहेका छन् । कमलामाई नगरपालीका कमला मावि ढुंग्रेवास २८३,गौमती मावि २७८,जनजागृति मावि भिमान २१४,जनज्योति मावि फोस्रेटार,२६८,शिद्धवावा मावि पानिट्याकी २५८ र मावि गडौली खैरेनि २६९ विद्यार्थी सहभागी हुने छन् ।
त्यस्तै दुधौली नगरपालीका कमला मावि भलुवाही २१९,जनजागरण मावि हर्षाही १५३,मावि लदाभिर ३३०,सरस्वती मावि डकाहा २०१ र सरस्वती मावि संखटार २३१ विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । यस्तै गोलन्जोर कौशिका मावि ग्वालटार २२७,जनज्योति मावि खुर्कोट १५४ जना विद्यार्थीले एसईई परिक्षा दिने छन् ।
सुनकोशी गाँउपालीका प्रगतिशिल मावि रातमाटा १५८ र दिर्घप्रदिप मावि खाल्टे १५७ जना परिक्षार्थी एसईई परिक्षामा सामेल हुने छन् । यसै गरी तिनपाट गाँउपालीका चन्द्रावती मावि वेलघारी १६४,मावि मझुवादोभान १६३ र लाम्पान मावि वतासे ३२२ विद्यार्थी परिक्षामा सहभागी हुने छ्न
यस्तै फिक्कल गाँउपालीका मावि लुम्तिपोखरी १७१ र फिक्कल मावि सोल्पाठाना १९९ विद्यार्थीले परिक्षा दिने छन । ध्याङलेख गाँउपालीकाको एक मात्रै परिक्षा केन्द्र मरिण हायुटारवाट १५३ जना परिक्षार्थीले भोलीवाट सुरु हुने एसईई परिक्षामा सहभागी हुने छ ।