मेरो पत्र Logo

मकवानपुरगढिमा बिरामी बोक्ने एम्बुलेन्स दुर्घटना

Mero Patra
मेरो पत्र
ad
मकवानपुरगढिमा बिरामी बोक्ने एम्बुलेन्स दुर्घटना
adad

मकवानपुरको मकवानपुरगढी- ७ नर्सिङ डाडाको भित्रि सडकमा आज साझ ५.३० बजेको समयमा एम्बुलेन्स दुर्घटना भएको छ ।

मकवानपुरगढी गा.पा.७ नर्सिङ डाडा स्थित भित्रि सडक खण्डमा सुकौराबाट नर्सिङ डाडातर्फ बिरामी पुराई फर्कने क्रममा सुकौरा स्वास्थ चौकीको संचालनमा रहेको बा.प्र.०१-००३ झ ५८०६नं.को एम्बुलेन्स आफै अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसि दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुर मकवानपुरगढि गा.पा ७ बस्ने ३६ बर्षिय पेमा रत्न लामा टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका छ्न ।घाइते चालकलाई उपचारको लागी हेटौडा सहकारीअस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्: