मेरो पत्र Logo

बसको ठक्करबाट रौतहटको चन्द्रपुरमा १ जनाको मृत्यु

Mero Patra
मेरो पत्र
ad
बसको ठक्करबाट रौतहटको चन्द्रपुरमा १ जनाको मृत्यु
adad

रौतहट ,चन्द्रपुर माघ १३ ,
युभास श्रेष्ठ,मधेश ब्युरो प्रमुख ,मेरोपत्र
रौतहटको चन्द्रनिगाहपुर स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एकजना को ज्यान गएको छ । सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा चन्द्रपुर् स्थित जगत पेट्रोल पम्म अगाडी ठक्कर दिदा चन्द्रपुर ५ का ७३ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिनुभएको छ ।
बिहान मर्निङवाकमा निस्केका पौडेललाई अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ । ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपािलका ४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

सेयर गर्नुहोस्: