Skip to content

बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्दै

बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्दै
प्रकाशित:
शब्दको आकार

बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते वडा नम्बर ४ मा स्थानिय ,बुद्धिजीवी ,संघ संस्था,पत्रकार ,खेलप्रेमी, शिक्षाप्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध गरि पालिकाले सुचना जारि गरेको छ । कार्यक्रम दिउँसो २ बजे बागमती गाउँपालिका को सभाहलमा हुने बताइएको छ ।

बागमती गाउँपालिका आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणको लागि बजेटलाई यथार्थपरक र जनचाहना अनुसार बनाउन आवश्यक सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गर्न लागेको सूचनामा उल्लेख छ।

कार्यक्रम बागमती गाउँपालिकाको सबै वडाहरुमा सन्चालन हुनेछ ,वडा नम्बर ४ को कार्यक्रम सकिए लगत्तै अन्य वडाहरुमा पनि सूचना मार्फत सबैलाई जानकारी गराई जनतासंग जनप्रतिनिधि कार्यक्रम राख्ने योजना रहेको बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले बताउनु भएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts