हरिहरपुरगढी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको सभाहलमा आयोजित विशेष समारोहका बीच उक्त घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले राष्ट्रिय खोप कार्यक्रमले विगत तीन दशकमा बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि प्रत्येक बालबालिकाले समयमै खोप पाउने सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष वाईवाले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, जनप्रतिनिधि तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले सबै पक्षको साझा सहकार्यबाट गाउँपालिकाले यो उपलब्धि हासिल गरेको बताउनुभयो।

कार्यक्रमका अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मी, शिक्षक तथा वडाध्यक्षहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै अभियानलाई सफल बनाउन योगदान पुर्याउने विभिन्न सरोकारवालाको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कमल कुमार राईसहित सबै वडाका अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





Comments
18 Comments
https://shorturl.fm/R21Rn
https://shorturl.fm/znEQz
https://shorturl.fm/NTF5M
https://shorturl.fm/BiiGL
https://shorturl.fm/mxAnm
https://shorturl.fm/Umobc
https://shorturl.fm/tqLO8
https://shorturl.fm/AHXgW
https://shorturl.fm/byow2
https://shorturl.fm/NKAHs
https://shorturl.fm/s88xL
Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9
Последние новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/l9SWZ
https://shorturl.fm/OMQYY
https://shorturl.fm/rYsRE
https://shorturl.fm/MhHHg
https://shorturl.fm/VIvwe
https://shorturl.fm/mny1B