Skip to content

२२ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कारागार चलान

२२ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कारागार चलान
प्रकाशित:
शब्दको आकार

सिन्धुली, साउन १८ — २२ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका केदार सिंह थापा अन्ततः पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत सिन्धुलीको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सिन्धुली जिल्लाको साविक अरुणठाकुर गा.वि.स. वडा नं. ८ (हाल दुधौली नगरपालिका वडा नं. १३) निवासी वर्ष ४५ का रत्न बहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीलाई २०६० साल मंसिर ६ गते राती धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। सो घटनामा संलग्न रहेका प्रतिवादी केदार सिंह थापा त्यस बेलादेखि नै फरार रहेका थिए।

घटनापछि फरार थापा दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ९ स्थित जलकुण्डी क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरन्तर अनुसन्धानपछि उनलाई २०८२ साल असार २३ गते पक्राउ गरिएको थियो।

प्रहरी अनुसन्धानपछि अभियोगपत्रसहित जिल्ला अदालत सिन्धुलीमा मुद्धा दर्ता गरिएको थियो। आज मिति २०८२ साल साउन १८ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts