सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका मा कक्षा ८ र एसईई परीक्षा–२०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयहरुलाई सम्मान गरिएको छ।
आज सम्पन्न गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाईबाले कक्षा ८ तर्फ जनता मावि बखफरका छात्र उपेन्द्र तिरुवा र भानुभक्त मावि तिनकुनाकी छात्रा शिक्षा पहाडी तथा कक्षा १० तर्फ मावि महेन्द्रझ्याडीका छात्र सन्जय कुमार लोप्चन, छात्र युनेश सिङ्तान र छात्रा मंगली माया सिङ्तानलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभयो।

त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ क्यानेश्वर मावि पानतले (कक्षा ८ मा ९६ प्रतिशत उत्तीर्ण), कुशेश्वर मावि ढप्सार (कक्षा १० मा ६० प्रतिशत उत्तीर्ण) र तीनकन्या प्रावि ताप्केडाँडा (उत्कृष्ट नेतृत्व समूह परिचालन तथा सामूहिक कार्य सफाइ) लाई जनही ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष वाईबाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरुलाई बधाई दिँदै कमजोर नतिजा ल्याउने विद्यालयसँग स्पष्टीकरण सोध्न प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने लाई निर्देशन दिनुभयो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले विद्यार्थीको सफलताको पछाडि निरन्तर मेहनत र परिश्रम रहेको उल्लेख गर्दै असल चरित्र, व्यावहारिक ज्ञान र क्षमता विकासको महत्त्वमा जोड दिनुभयो। साथै महँगो विद्यालयले मात्रै उत्कृष्ट नतिजा दिन्छ भन्ने सोचलाई गाउँका विद्यालयहरुले तोड्न सफल भएको भन्दै सम्मानित विद्यालयहरुको प्रशंसा गर्नुभयो।

सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष धन बहादुर मोक्तान को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष जित बहादुर थिङ, वडा नं. ३ का अध्यक्ष कुल बहादुर घलान, वडा नं. ४ का अध्यक्ष कमल कुमार राई, वडा नं. ५ का अध्यक्ष साईला लामा, वडा नं. ६ का अध्यक्ष यक बहादुर मोक्तान, वडा नं. ७ का अध्यक्ष बिच बहादुर मोक्तान लगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।





Comments
25 Comments
https://shorturl.fm/RRAk0
https://shorturl.fm/Zax5m
https://shorturl.fm/qsiKl
https://shorturl.fm/Y4238
https://shorturl.fm/QQ3ZG
https://shorturl.fm/fgvui
https://shorturl.fm/XzmN2
https://shorturl.fm/Czfss
https://shorturl.fm/V1NIH
https://shorturl.fm/PrjpQ
https://shorturl.fm/hZIAE
https://shorturl.fm/3VwWh
https://shorturl.fm/nepNn
https://shorturl.fm/ELcrt
https://shorturl.fm/G8Lj0
https://shorturl.fm/efpaK
https://shorturl.fm/9ozg4
https://pesnimp3.net/1.html
https://shorturl.fm/f53Jh
https://shorturl.fm/VFiG1
https://shorturl.fm/Poogw
Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9
Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/dfuzp
https://shorturl.fm/OTuTE
https://shorturl.fm/ZYe0c