सिन्धुलीमा खोलामा डुबेर एक ४ वर्षिय बालकको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–४ घर भई हाल कमलामाई नगरपालिका–१ डाँडीगुरासे स्थित मामाघर बस्ने मिकपार लामाका छोरा फुर्वा लामाको मृत्यु भएको हो।
आज दिउँसो करिब ३ बजेतिर फुर्वा लामा आमासँग मरिण खोलाको किनारमा गएका थिए। खेल्ने क्रममा उनी आकस्मिक रूपमा खोलाको तलाउमा डुबेका थिए। घटनापछि आमाले तत्काल उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्याए पनि, उपचारका क्रममा करिब ३:३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बालकको शव अहिले जिल्ला अस्पताल सिन्धुलीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।




Comments
1 Comment
सुनकोसी गाउँपालिक वडा नं-७ हो ।