Skip to content

शिलास राईको ”सान्नानी ” सार्वजनिक (भिडियो सहित )

शिलास राईको ”सान्नानी ” सार्वजनिक (भिडियो सहित )
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी -४ झयाडीका गायक शिलास राईको स्वर, संगीत र शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। सानै देखी गीत गाउँनमा सौखिन शिलासको ''सान्नानी '' बोलको गीत सार्बजनिक भएको हो। उक्त गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ सुबास कुथुमी राईले गरेका हुन् भने अडियो तथा भिडियो निर्माण मेला रेकर्डिङ स्टुडियो प्रा.लि.गरेको हो ।

गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ। भिडियोमा गीता ढुङ्गाना र अप्सन थापा मगरको मुख्य अभिनय रहेको छ भने सह–अभिनेताका रूपमा राजु श्रेष्ठ देखिएका छन्। कलाकारहरूको मेकअप तथा हेयर संगिता मिजारले गरेकी हुन्।

भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् भने नृत्य निर्देशन (कोरियोग्राफी) नितिन वाइबाले सम्हालेका छन्। भिडियो सम्पादन तथा रङ संयोजन मिन रावलले गरेका हुन्। भिडियो निर्माण तथा व्यवस्थापनको जिम्मेवारी समीर राईले लिएका छन्।

गीतको निर्देशन जीवन शाहीले गरेका हुन्। गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गायक शिलास राईले आगामी दिनमा पनि गुणस्तरीय र सशक्त सिर्जना प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

https://www.youtube.com/watch?v=c3wNg6AlngE

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts