Skip to content

भानुभक्त माबि तिनकुनामा तिहार विशेष कार्यक्रम सम्पन्न

भानुभक्त माबि तिनकुनामा तिहार विशेष कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी, असोज ३१ – “विद्यालय ज्ञान, अनुभव र प्रयोगको थलो हो” भन्ने मूल नाराका साथ हाम्रा नानी–बाबुहरूको सर्वाङ्गीन विकासका लागि निरन्तर प्रतिबद्ध भानुभक्त मा बि तिनकुनाले असोज ३१ गते मासिक परीक्षाको नतिजा प्रकाशनसँगै तिहार विशेष सांस्कृतिक प्रस्तुति सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा अभिभावक, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका प्रतिनिधि र स्थानीय सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिध्यालय प्राङ्गणमै देउसी भैली खेली तिहार बिशेष कार्यक्रम सम्पन्न गरेको छ । आगामी दिनमा पनि अभिभावकहरूको साथ, समर्थन र सुझावका आधारमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर विश्वकर्माले जनाउनुभयो ।हाल बिद्यालयमा स्मार्ट आईडी कार्ड संचालन ल्याएपछी बिद्यार्थि स्कुल आएको समय बिद्यार्थी स्कुलबाट निस्केको जानकारी अभिभावकको मोबाईलमा नोटिफिकेसन जाने गरेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts