Skip to content

सिन्धुलीको सुनकोशीमा हाइलक्स गाडी खस्यो ,३ बेपत्ता एक घाइते

सिन्धुलीको सुनकोशीमा हाइलक्स गाडी खस्यो ,३ बेपत्ता एक घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुले स्थित सुनकोसी नदीमा गाडी खसेको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका-१ कुँडुलेमा खोटाङको हलेसीबाट भक्तपुरतर्फ जादै गरेको हाइलक्स गाडी शनिबार साँझ ५ बजे सुनकोसी नदीमा खसेको हो। गाडीमा सवार चालक सहित तीन जना बेपत्ता भएका छन् भने र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।बेपत्ता हुनेहरुमा सवारी चालक भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने बर्ष अन्दाजी ३२ का अबिन बखे, सोही ठेगाना भएका बर्ष अन्दाजी ३० का प्रनित स्यागु, र सोही ठेगाना भएका बर्ष अन्दाजी ३७ का बलराम घटुवा रहेका छन ।सवार मध्ये भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने बर्ष २७ का शुसान्त कक्षपती प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिए। बेपत्ता सवारि र यात्रुको खोजीकार्य भइरहेको प्रहरिले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts