Skip to content

डम्फु बाजा मात्र होइन तामाङको पहिचान हो: अध्यक्ष वाईबा

डम्फु बाजा मात्र होइन तामाङको पहिचान हो: अध्यक्ष वाईबा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले आज वडा नम्बर ४ हाक्पारामा भइरहेको डम्फु बनाउने सीप मूलक तालिमको अनुगमन गर्नुभएको छ।

अनुगमनको क्रममा अध्यक्ष वाईबाले डम्फु केवल बाजा मात्र नभई सिङ्गो तामाङ समुदायको मौलिक पहिचान भएको बताउनुभयो। उहाँले यस्ता किसिमका तालिमहरूले मौलिक बाजाको संरक्षण र हस्तकलाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहमा पहिलो पटक यस्तो तालिम सञ्चालन भएकोमा र प्रशिक्षार्थीहरूमा देखिएको उत्साहप्रति उहाँले खुशी व्यक्त गर्नुभयो। साथै, गाउँपालिकाले भाषा, कला र संस्कृतिको संरक्षणका कामलाई प्रोत्साहनस्वरूप निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, प्रशिक्षक लिला स्याङ्तानले डम्फु निर्माण तालिमले हराउँदै गएको मौलिक बाजाको संरक्षणमा टेवा पुग्ने र सहभागीहरू आर्थिक रूपमा सबल बन्न सक्ने बताउनुभयो।

प्रशिक्षार्थी सत्यमान मोक्तानले पुस्तान्तरणसहित कला संस्कृतिको जगेर्ना गर्न र आत्मनिर्भर जीवनयापनका लागि सीप अपरिहार्य रहेको धारणा व्यक्त गरे। तालिममा १५ जना सहभागी रहेका छन्।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts