सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक किशोर वेपत्ता भएका छन् ।
आज दिउँसो करिब ३ः४० बजे पौडी खेल्दै गर्दा पवन मग्रातीका १४ वर्षीय छोरा प्रख्यात मग्राती अचानक नदीमा डुबेर वेपत्ता भएको प्रहरीको भनाइ छ ।
घटनाबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हैवारवेशीका प्रमुख प्रहरी बरिष्ठ हवल्दार इन्द्रबहादुर मगरको कमाण्डमा प्रहरी टोली खटिएको थियो । साथै, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेल र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
हाल प्रहरीले स्थानीयवासीसँग समन्वय गर्दै वेपत्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





Comments
1 Comment
सिन्धुली र मकवानपुरका समसामयिक घट्ना र विचार सुन्न पढ्न पाउँदा धेरै धेरै खुशी लागेको छ तसर्थ अझै घट्नाको तस्वीर सहित संप्रेशन भएमा सुनमा सुघन्ध हुनेथियो।