Skip to content

कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

कान्तिलोकपथ सडकखण्ड अवरुद्ध
प्रकाशित:
शब्दको आकार

मकवानपुर: हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरिको कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

गएरातिदेखिको वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित ललितपुर तर्फको बागमती खोलामा बाटो बगाएपछि सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ६:१५ बजे बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाको कारण बगाएको छ ।

अवरुद्ध बाटो प्रहरी टोली खटिएर खुलाउने पहल भइरहेको जनाएको छ । प्रहरीले हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध गरिएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts