Skip to content

सिन्धुलीमा सुमो दुर्घटना, चार घाइते काठमाण्डौ पठाइयो

सिन्धुलीमा सुमो दुर्घटना, चार घाइते काठमाण्डौ पठाइयो
प्रकाशित:
शब्दको आकार

सिन्धुली, भदौ १७ :सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट सोलुतर्फ जाँदै गरेको ना १ ज ५०७४ नम्बरको सुमो अनियन्त्रित भई बिहान करिब १०ः३५ बजे दुर्घटना हुँदा १० जनामध्ये ६ जना सकुशल छन् भने ४ जना घाइते भएका छन् ।

दुर्घटनामा सुमो चालक जिल्ला ओखलढुङ्गा सुनकोशी गाउँपालिका–१० का ३१ वर्षीय सुरज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेको अवस्था यसप्रकार छः

दोलखा भीमेश्वर नगरपालिका–७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का (ढाड र छातीमा ठोक्किए पनि अवस्था सामान्य)

पाल्पा रामपुर नगरपालिका–३ का ३२ वर्षीय सचिन मल्ल (करङमा चोट, अवस्था मध्यम)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २५ वर्षीया करिश्मा बस्नेत (हात र ढाडमा चोट, अवस्था सामान्य)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २२ वर्षीया निरुता बस्नेत (हातमा चोट, अवस्था सामान्य)

प्रहरीका अनुसार घाइतेहरूलाई प्रारम्भिक उपचारपछि ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ उपचार पश्चात थप उपचारका लागि बिहान ११ः४५ बजे काठमाडौं जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts