सिन्धुली, भदौ १७: जिल्ला सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्ती नजिकै आज दिउँसो बस र मोटरसाइकल ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ ।
बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे भुल्लु गाउँपालिका–९ का १८ वर्षीय शौगात माझीको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार भारत मोतिहारीका १८ वर्षीय सागर आलम गम्भीर घाइते भई उपचाररत छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




