Skip to content

सिन्धुलीमा पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

सिन्धुलीमा पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ अर्चलेमा पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रबिन रम्तेलकी दुई वर्षीया छोरी प्रिन्सिका रम्तेल रहेका छन्। बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी ग्वालटारबाट प्रहरी सहायक निरीक्षक बलबहादुर माझीको टोली र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको हो।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts