मेरो पत्र Logo

त्रिसुलिमा ट्याक्सी खस्यो ५ जनाको मृत्युु ,मृतकको पहिचान खुल्यो

Mero Patra
मेरो पत्र
ad
त्रिसुलिमा ट्याक्सी खस्यो ५ जनाको मृत्युु ,मृतकको पहिचान खुल्यो
adad

हेटौडा। चैत्र १७ :आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवन स्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन् ,मृतकहरु गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।

ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू सबै एकै घरको भएको पुस्टि भएको छ ।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।

सेयर गर्नुहोस्: