Skip to content

चन्द्रपुरमा संकल्प साकोस स्थापना दिवस मनाइयो

चन्द्रपुरमा संकल्प साकोस स्थापना दिवस मनाइयो
प्रकाशित:
शब्दको आकार


रौतहट चन्द्रपुरको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले १६ औं स्थापना दिवस मनाएको छ ।


चन्द्रपुरको होटल अशोकामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी चन्द्रपुरका मेयर संजय कुमार काफ्‌लेले सहकारी सस्थाले सदस्यहरुको हितमा लगानी गर्दै सामाजिक उत्तरदायीत्व निर्वाह गर्नु पर्ने धारणा राख्नु भएको थियो।
स्थापना दिवसको अवसरमा कदर-पत्र, जेष्ठ सदस्यहरु लाई सम्मान गरिएको छ ।संस्थाका सवै जेष्ठ सदस्य हरु लाई सम्मान गरिएको अध्यक्ष बिभु कुमार पोखरेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सस्थाको आर्थीक गतिबिधी, आगामि कार्ययोजनाहरु प्रस्तुत गरिएको छ ।


संस्थाको अवस्थाको बारेका जानकारी गराइएको थियो ।
संस्थागत विकासमा योगदान पु-याउने सदस्यहरु लाई कदर-पत्र प्रदान गरीएको छ ।

संकल्प साकोसका शेयर सदस्यहरु,संचालक समिती ,लेखा सुपरिवेक्षण समिति ,उप समिति ,सल्लाहकार ,कर्मचारी ,पत्रकार ,बुद्धिजीवी ,नागरिक समाज लगायत शुभ चिन्तकहरुलाई अध्यक्ष पोखरेलले धन्यवाद दिनुभएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts