मरिण,सिन्धुली:सिन्धुलीको मरिण गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जंगलमा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर मरिण गाउँपालिका–२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको मृत्यु भएको हो ।
उनी शुक्रबार जडिबुटी खोज्न भनी जंगलतिर गएकोमा अबेरसम्म घर नफर्किएपछि स्थानीय र आफन्तले खोजीकार्य गर्ने क्रममा दंगाली मृत्त अवस्थामा फेला परेका थिए । करिब १ सय ५० मिटर तल मुंग्रेशिर भीर खोचमा उनी मृत्त अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शबलाई पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



