Skip to content

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत भ्रष्टाचार गरेको प्रमाणित ८ वर्ष जेल सजाय

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत भ्रष्टाचार गरेको प्रमाणित ८ वर्ष जेल सजाय
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?
प्रकाशित:
शब्दको आकार

विशेष अदालतले नागार्जुन नगरपालिका, काठमाडौंका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गर्दै कडा सजाय सुनाएको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार दिएको फैसलामा बस्नेतलाई भ्रष्टाचारसम्बन्धी अभियोगमा ८ वर्ष ३ महिनाको जेल सजाय र २ करोड ३० लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, बस्नेतमाथि घुस लिएको प्रमाणित भएपछि उनलाई दोषी ठहर गरिएको हो। उनलाई घुस दिने पद्मा कोलनी प्रालि, पद्मा मर्चेन्ट प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई समेत दोषी ठहर गर्दै सजाय तोकिएको छ।

यति मात्रै होइन, बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि दोषी ठहर गर्दै अदालतले थप ३ वर्ष कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ। राष्ट्रसेवक भएको नाताले उनीमाथि १० प्रतिशत थप सजायसमेत लागु हुने उल्लेख गरिएको छ।

बस्नेत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा विजयी भएका थिए।

विशेष अदालतको यो फैसला भ्रष्टाचारविरुद्धको लडाइँमा एक महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts