Skip to content

हरिहरपुरगढीमा दुई दिने घुम्ती आँखा स्वास्थ्य कार्यक्रम सुरु

हरिहरपुरगढीमा दुई दिने घुम्ती आँखा स्वास्थ्य कार्यक्रम सुरु
प्रकाशित:
शब्दको आकार

झनझने ,सिन्धुली, साउन १८ — हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा दुई दिने घुम्ती आँखा स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले गर्नुभएको हो।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको आयोजना र हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त घुम्ती आँखा स्वास्थ्य सेवामा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुद्वारा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण तथा परामर्श सेवा दिइएको छ।

गाउँपालिकाका दुर्गम तथा ग्रामीण भेगका नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, स्वास्थ्य शाखा प्रमुख मनोज सुयाल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले यस किसिमका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयको स्वास्थ्य पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts