तामाङ भाषाको लोक पप शैलीको नयाँ सेलो गीत " म्हारला व्यापारी "युट्युबमार्फत आज सार्वजनिक गरिएको छ। जनक लामा र कान्छीमाया थोकरको स्वरमा रहेको गीतमा सुशील तामाङको शब्द र चेतन लामाको संगीत रहेको छ।
गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ्ग सानू बाबू घिसिङले गरेका हुन्। अर्पण स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा आधुनिक संगीत संयोजनसहित मौलिक तामाङ लयको मिठो समिश्रण सुन्न सकिन्छ।
गायिका कान्छीमाया थोकरको यसअघि ‘याम्बुला लभडाडा’ जस्ता चर्चित गीतमार्फत श्रोतामाझ पहिचान बनाइसकेकी छन्। यसपटकको नयाँ प्रस्तुति पनि श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त गर्ने विश्वास गरिएको छ।



