Skip to content

बागमतीमा ५०% अनुदानमा च्यापकटर वितरण, ६४ किसान लाभान्वित

बागमतीमा ५०% अनुदानमा च्यापकटर वितरण, ६४ किसान लाभान्वित
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिकामा आर्थिक वर्ष ०८१/०८२ को विनियोजित बजेट अन्तर्गत ५०% अनुदानमा व्यवसायिक कृषि फर्म र कृषक समूहमा आबद्ध ६४ जना किसानहरूलाई च्यापकटर (घास कुट्ने मेसिन) वितरण गरेको छ।


प्रत्येक च्यापकटरको रु २५,२५० पर्ने मेसिनलाई किसानहरूले केवल आधा रकम तिरेर प्राप्त गरेका हुन्। गाउँपालिकाको यो पहलमा पशुपालन व्यवसायमा संलग्न कृषकहरूलाई समयको बचत, कामको सहजता तथा उत्पादनमा वृद्धि गर्न ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


आधा दाममा मेसिन पाएपछि कृषकहरु खुशी भएका छन। पालिकाले बिगत ३ बर्ष देखि बिउ पुंजी कार्यक्रम सन्चालनमा ल्याएर पशुपालन तथा दुध उत्पादनमा बृदि भएको छ,अहिले पालिका भरि दैनिक ६ हजार लिटर बढी दुध उत्पादन भैरहेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts