Skip to content

हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ५ मा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न

हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ५ मा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुगढी गाउँपालिकाको वडा नम्बर ५ भलखडामा आयोजित ‘एकीकृत घुम्ती शिविर’मार्फत यहाँका ३ सय १५ जना स्थानीयबासीलाई विभिन्न सेवा प्रदान गरिएको छ ।

शिविरमा वडा नम्बर ५ का वडा अध्यक्ष साईलालामा ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थिती रहेको थियो ।
शिविरमा १२७ जनालाई सामाजिक सुरक्षा भत्ता, २१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र यसैगरी ४६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै १२१ वटा पशुको समेत उपचार गरिएको छ ।


हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।

भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ,यो घुम्ती शिविर संगै आर्थिक बर्ष २०८१ /२०८२ को एकीकृत घुम्ती शिविर पालिका भरि नै समापन भएको छ।

जेठ ५ देखि १४ सम्म चलेको शिविरमा करिब १५०० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण ८५० जनालाई गरिनुको साथै ५६५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । त्यसैगरी पशु उपचार सेवा (औषधि वितरण) तथा कृषि सेवा गरी जम्मा १००० भन्दा बढी किसानहरुलाई सेवा प्रदान गरिएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts