Skip to content

सिन्धुलीको हरिहरपुरगढीमा १० मेगावाट सोलार प्लान्ट विद्युत उत्पादन हुने

सिन्धुलीको हरिहरपुरगढीमा  १० मेगावाट सोलार प्लान्ट विद्युत उत्पादन हुने
प्रकाशित:
शब्दको आकार

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज कोरियन कम्पनी एस.डी. एजिकाका म्यानेजिङ निर्देशक किम डाई युङ र गाउँपालिकाका अध्यक्ष वज्र ध्वज वाइबा बीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

भेटघाटका क्रममा अध्यक्ष वाइबाले युङसँगै आएका रिलेसनसिप म्यानेजर सुरेश लिम्बू, दिपेन्द्र दाहाल, गोपाल थापा, प्रशन्न न्यौपाने, वसन्त कुमार चौधरी, रमन कोइराला र रविस खरेललाई फूलमाला र खादा लगाएर स्वागत गर्नुभयो।

कार्यक्रमका क्रममा म्यानेजिङ निर्देशक युङ र अध्यक्ष वाइबा बीच हरिहरपुरगढी गाउँपालिकामा सोलार प्लान्टमार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

अध्यक्ष वाइबाले पालिका र स्थानीय समुदाय दुवैतर्फबाट पनि विद्युत् उत्पादनजस्तो अति आवश्यक परियोजनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

म्यानेजिङ निर्देशक युङका अनुसार, करिब १ अर्ब ५० करोड रुपैयाँ हाराहारीको लगानीमा आयोजना निर्माण गरिने छ। नेपाल सरकारसँगको आवश्यक प्रक्रिया पूरा गरी छिट्टै काम सुरु हुने र सबै प्रक्रिया पूरा भए ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts