Skip to content

पोखरामा स्कुल बस दुर्घटना आमा र छोराको मृत्यु, २८ घाइते

पोखरामा स्कुल बस दुर्घटना आमा र छोराको मृत्यु, २८ घाइते
प्रकाशित:
शब्दको आकार

विद्यार्थी बोकेर स्कूल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ ।
विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले पुष्टि गदुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।बसमा दुर्घटनामा दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
घरबाट विद्यार्थी लिएर स्कूल जाँदै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts