Skip to content

हरिहरपुरगढीको चिसापानीमा वडाकप सुरु

हरिहरपुरगढीको चिसापानीमा वडाकप सुरु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर १ चिसापानिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। वडाका खेलाडीहरुको प्रोत्साहन लागि चिसापानीको खेल मैदानमा शुक्रबारबाट वडाअध्यक्ष कप खेलकुद सुरु भएको हो।
उद्घाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष जीत बहादुर थिङ्गको सभाध्य्क्षता, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराको प्रमुख आतिथ्यता ,नि बर्तमान वडा अध्यक्ष कार्साङ्ग घलान, खेलकुद बिकास समिति संयोजक लक्ष्मी बहादुर राई हिमाल लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रशासकिय अधिकृत पैकाराले गाउँपालिकाले खेलकुदमा प्रत्येक वडामा खेलाडी उत्पादनको लागि कार्यालय सकारात्मक रहेको र आगामी बर्ष पनि खेलकुदका लागि अझै पालिकाले खेलाडीको हितको लागि अझै ब्यबस्तित कार्यक्रम ल्याउने बताउनुभयो।
वडा अध्यक्ष थिङ्गले विभिन्न प्राबिधिक कारणले पालिकाको अध्यक्ष कप पछि वडाकप भएको बताउनुभयो आगामी बर्ष यसलाई सुधार्दै खेलकुदको बिकासको लागि वडा लागि पर्ने बताउनुभयो।
वडाका १० वटा टिम सहभागी हुने खेल बैशाख २ गते सम्म चल्नेछ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts