Skip to content

शान्तिपुरमा विभिन्न पार्टी परित्याग गरि ८४ जना माओवादीमा प्रवेश

शान्तिपुरमा विभिन्न पार्टी परित्याग गरि ८४ जना माओवादीमा प्रवेश
प्रकाशित:
शब्दको आकार

बागमती: बागमती गाउँपालिका-८ स्थित शान्तिपुर चापट न्यूरेनीमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पार्टी ८ नम्बर कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ८४ जना पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले ,नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ताहरु रहेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, विशेष अथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचीवलय सदस्य एबम बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले टिका खादा लगाएर स्वागत गर्नुभयो । केही समय अघि मात्रै शान्तिपुरमै भएको पार्टी प्रवेश कार्यक्रममा ५४ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूले जनताको पक्षमा काम गर्ने पार्टी माओवादी भएकाले प्रवेश बताएका छन् । शान्तिपुरमा अहिले मुख्य खानेपानीको समस्या भएकाले यसलाई समाधान गर्न नेताहरू अनुरोध गरेका छन् ।

माओवादी केन्द्र वडा नम्बर ८ कमिटीका अध्यक्ष पुर्ण पुर्ण सिं थिङ्को अध्यक्षता भएको कार्यक्रममा बागमती गाउँ कमिटीका इन्चार्ज ज्ञान सागर लामा, पार्टी अध्यक्ष अरुण बल र सचीव रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts