सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम ’ सम्पन्न भएको छ ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाको आयोजनामा जनस्वास्थ्य संकायमा अध्ययनरत विद्यार्थीहरुले हरिहरपुरगढी गाउँपालिकामा एक महिना सम्म सन्चालन हुने सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको आज औपचारिक रुपमा सुरु गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एक महिनासम्म गाउँपालिकाभित्रका मानिसमा स्वास्थ्यमा भएको समस्या र न्युनिकरणको उपायको बिषयमा सत्य,तथ्य छानबिन गरि तयार पारिएको प्रतिवेदन गाउँपालिकालाई पनि प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँले तथ्याङ्क संकलनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम ’ ले गाउँपालिकाको स्वास्थ्य सेवामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस भन्दा पहिले पनि यस्तै कार्यक्रम भइरहेको भन्नुहुँदै फिल्ड भिजिटमा नजाने,घरमै बसेर तथ्याङ्क अन्दाजी बनाइदिने गर्नाले गलत तथ्याङ्क आउने गरेकोले त्यसो नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाको शाखागत कर्मचारीहरु, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।



