मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

माओवादी केन्द्र हरिहरपुरगढी अध्यक्षमा अजित ठाडा विजयी

Mero Patra
मेरो पत्र
ad
माओवादी केन्द्र हरिहरपुरगढी अध्यक्षमा अजित ठाडा विजयी
adad

हरिहरपुरगढी गाउँपालिका कमिटीको दोश्रो गाउँ सभाबाट नेकपा माओवादी केन्द्र अध्यक्षमा जित बहादुर ठाडा”अजित”निर्वाचित हुनुभएको छ ।
पदाधिकारी सर्बसम्मत नभएपछि निर्बाचन भएको थियो कुल मत ९१ मत ल्याए अजित अध्यक्षमा विजयी हुनु भएको हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी बिल बम्जनले ६३ मत ल्याउनु भएकाे छ भने काेषाध्यक्षमा रमेश घलान”कार्साङ” ११४ मत सहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी बाबुलाल भाेलनले ३९ मत प्राप्त गर्नुभएको छ । अधिवेशनबाट यी दुई पद बाहेककाे अन्य पदाधिकारी भने सर्वसम्मत निर्वाचित भएका छन् ।कमिटीकाे बरिष्ठ उपाध्यक्षमा अनिता राई,उपाध्यक्षहरूमा बिच बहादुर माेक्तान, एक बहादुर माेक्तान, सचिवमा माेहनकाजी विश्वकर्मा र सहसचिवमा धन बहादुर माेक्तान सर्वसम्मत निर्वाचित भएका हुन् ।

ad