Skip to content

माझगाउँमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

माझगाउँमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण
प्रकाशित:
शब्दको आकार

बागमतीः बागमती गाउँपालिका वडा नम्बर १ स्थित माझगाउँमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ((ज्याकेट) वितरण गरिएको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रमका बीच वडाका कार्यबाहक अध्यक्ष हस्त बहादुर थिङले ५४ जना वृद्धवृद्धाहरुलाई उक्त कपडा वितरण गर्नुभएको हो

यस वर्षको चिसो सुरु भएसँगै कष्ठकर जीवन बिताइरहेका र आर्थिक अवस्था कमजोर वृद्धवृद्धाहरुलाई ज्याकेट प्रदान गरिएको अध्यक्ष थिङले बताउनुभयो । कार्यवाहक अध्यक्ष थिङले सहयोगी दातामार्फत उहाँहरुलाई सहयोग गरेको बताउनुभयो ।

सोही वडा निवासी सोम बहादुर बल तामाङले हजुरबुवा नर बहादुर बलको र बुवा ज्ञान बहादुर बलको १५ औं स्मृति दिवसको अवसर पारी बिपन्न जेष्ठ नागरिकहरुलाई कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ मार्फत सहयोग उपलब्ध गर्नुभएको जनाएको छ । न्यानो कपडा वितरण कार्यक्रममा वडा नम्बर १ का जनप्रतिनिधि, समाजसेवी ,युवा र बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts