Skip to content

हरिहरपुरगढीको २ दिने स्वास्थ्य तर्फको कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी उद्घाटन

हरिहरपुरगढीको २ दिने स्वास्थ्य तर्फको कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी उद्घाटन
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक बिकास ०८०/८१ मा सम्पादन भएको स्वास्थ्यतर्फको कार्यक्रमहरुको गाउँपालिका स्तरीय बार्षिक समीक्षा २ दिने गोष्ठीको उदघाटन भएको छ ।


कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पालिका अध्यक्ष बज्रध्वज वाईबाले गर्नु भएको छ । उद्घाटन समारोह बोल्नु हुँदै वहाले स्वास्थकर्मीले आफ्नो वरपर सफा गर्नुपर्ने तथा सुरुवात आफ्नै स्वास्थ चौकीबाटै सुधार गर्नुपर्ने अनि मात्र जनतामा स्वास्थ्य सम्बन्धि चेतना हुने बताउनुभयो ।पालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि पर्याप्त मात्रामा बजेट पारित गरेको बताउनुभयो ।


कार्यक्रममा अतिथीहरु पालिका प्रमुख प्रसाशकिय अधिकृत दिपेन्द्र कुमार पैकारा,जिन्सी शाखा प्रमुख दिपक कार्की , सुचना अधिकृत मिलन श्रेष्ठ,स्वास्थ्य उपशाखा प्रमुख जगरनाथ प्रसाद साह , टिपिओ नेपाल प्रतिनिधि मान कुमारी थापा ,वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मि,पत्रकार लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम सिन्धुलि सेल्फी डाडा स्थित मन्जरी रिसोर्टमा भोलि सम्म चल्नेछ ।गोष्ठीलाई स्वास्थ्य उपशाखा उप प्रमुख मनोज कुमार सुयालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts