Skip to content

बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिकाको रूपमा घोषणा

बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिकाको रूपमा घोषणा
प्रकाशित:
शब्दको आकार

बागमती, मकवानपुर: बागमती गाउँपालिका अब पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिकाको रूपमा घोषित भएको छ। बिहीवार आयोजित एक विशेष समारोहका बीच गाउँपालिकालाई उक्त उपाधि प्रदान गरिएको हो।

गाउँपालिकाका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक सर्केश घलानको अध्यक्षता र बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। गाउँपालिकाले पूर्णखोप निर्देशिका अन्तर्गतका सबै प्रक्रिया तथा मापदण्ड पूरा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख तथा पूर्णखोप समन्वय समितिका सदस्य सचिव कृष्ण मिजार र प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले गाउँपालिकाका अध्यक्ष घलानलाई पूर्णखोप सुनिश्चित पालिकाको प्रमाणपत्र हस्तान्तरण गरे।

कार्यक्रममा सिनियर अनमी सुजिता जिरेलले पूर्णखोप घोषणाका लागि पालिकाले पूरा गरेका मापदण्डबारे प्राविधिक विवरण प्रस्तुत गरिन्। कार्यक्रम सञ्चालन बागमती गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले गरेका थिए।

गाउँपालिकाभित्रका सबै ९ वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र अनिवार्य खोपहरू प्रदान गरिसकेको पुष्टि गर्दै पूर्णखोप सुनिश्चित वडा प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा खोप फोकल पर्सनहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रीन, वडा नं. ४ का वडाध्यक्ष दन्तलाल माझी, नेकपा (माओवादी केन्द्र) बागमती गाउँ कमिटीका अध्यक्ष अरुण बल, अन्य जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts